जन्मदिनमा दृष्टिविहिन र आश्रमलाई सहयोग



मिलन श्रेष्ठ
१ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ०६ हाल अमेरिका निवासी कविता मल्ल र आनन्द केसीको छोरी शुभाना केसीको चौथौ जन्मदिनको अवसरमा आज दृष्टिविहिनहरुको क्षेत्रमा काम गरिरहेको दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेत र मानव सेवा आश्रम सुर्खेत शाखालाई नगद ११ हजार १ सय ११ रुपैयाका दरले शुभानाका मावली हजुरबुवा कर्णबहादुर मल्लले हस्तान्तरण गर्नु भएको छ ।

हामीले दृष्टिविहिनहरुलाई फेसबुकका माध्यमद्वारा सहयोग जुटाई सहयोग गर्दै आइरहेका छौ । केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले भन्नुभयो । सहयोगीमनहरुको सहयोग गर्नुभएमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दृष्टिविहिन विद्यार्थीहरुकालागि आवासिय भवन बनाउने योजना रहेको अध्यक्ष शाक्यले बताउँदै शुभानाको सु-स्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।

त्यस्तै सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना भन्ने मूल उद्धेश्य लिई साथै अव्यवस्थित सडक मानवमुक्त एव मानवीय राष्ट्र (Country Of Humanity) नेपाल निर्माणका प्रमुख अभीष्टको साथ खुल्ला आकाशमुनि सडक पेटीहरू अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिकरुपमा अशक्त मनोरोग, अनाथ, अपाङ्ग, अशक्त तथा सहयोगीपेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले २०६९ भाद्र १३ मा मकवानपुर हेटौँडाबाट मानव सेवा आश्रमको स्थापना गरेको आश्रमले जनाएको छ ।

शुभाना