युवाहरुलाई स्वरोजगारीका लागि पलम्बीङ सम्बन्धि तालिम


बिस्नप्रसाद न्यौपाने
फागुन १३, कालिकोट
ग्रामिण पुननिर्माण संस्थाद्धारा संचालित सामुदायीक विकास कार्यक्रमले जिल्लाका ग्रामिण स्तरका १५ जना युवाहरुलाई पलम्बीङ सम्बन्धि तालिम दिन लागेको छ । नेपाल सरकार र बेलायत सरकारको साझेदारीमा कालिकोट जिल्लामा लागु भएको सामुदायीक विकास कार्यक्रमको सहयोग तथा जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालयको समन्वयमा जिल्लाका तीलागुफा नगरपालिका, नरहरीनाथ गाउपालिका र शान्नित्रिवेणी गाउपालिकाका १५ जना स्थानिय युवाहरुलाई २५ दिने पलम्बीङ सम्बन्धि तालिम दिन लागेको हो ।

ग्रामिण पुननिर्माण संस्थाद्धारा संचालित सामुदायीक विकास कार्यक्रमका जिल्ला संयोजक लिला न्यौपानेले जिल्लामा नयाँ बन्ने स्थानिय संरचनाहरुमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न तथा ग्रामिण स्तरमा रहेका विपन्न परिवारका युवाहरुलाई व्यवससाय संचालन गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले १ सय, ६० घण्टे पलम्बीङ सम्बन्धि तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

मानव विकास सुचाङ्कमा पछाडी परेको जिल्ला भएकाले गरिबी न्यूनिकरणका लागि बिभिन्न सीपहरु प्रदान गर्न समुदायको आवश्यकताका आधारमा पलम्बीङ तालिम दिन लागिएको उहाको भनाई छ । पलम्बीङ सम्बन्धि २५ दिने तालिममा आधुनिक घरहरु, होटलहरुमा पानीको लाईन जडान, ट्वाईलेट, बाथरुममा पानीको लाईन जडान, वास मेसिन राख्ने तरीका र बिभिन्न खानेपानी आयोजनाहरुको मर्मत सम्बन्धि सहजिकरण गरिने भएको छ ।

तिलागुफा नगरपालिकाका प्रमूख रतनबहादुर शाहीले स्थानिय युवाहरुलाई २५ दिने पलम्बीङ सम्बन्धि तालिम निकै उपयोगी हुने बताउदै तिलागुफा नगरपालिकाले पनि यस्ता सीपयुक्त तालिमहरुमा लगानी गर्ने बताउनुभयो । उहाँले समुदायको आवश्यकता अनुसार संचालन गरिने गतिबिधिहरुले यहाँका युवाहरुको आयआर्जनमा सुधार आउने विस्वास ब्यक्त गर्नुभयो ।