प्रवाशकुमार शाक्य/ अशोककुमार सिंह
१७ फागुन । सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको राजधानी सुर्खेत स्थित प्रशान्ति बृद्धाआश्रममा गएर होली मनाउनुभएको छ ।
होली मनाउँदै मुख्यमन्त्री शाहीले मानवीय सेवाको सर्बोत्तम कार्य भनेको नै असाहय असक्तहरुको सेवा रहेको बताउँदै राज्यले गर्नुपर्ने काम प्रदेशमा रहेका मनकारीहरुद्वारा बृद्धाआश्रमको सेवा संचालन गरेकोमा संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको समूहको प्रशंसा गर्नुभयो ।
परोपकारी भावना सकारात्मक सोच राख्न सकेमा सबै जना अगाडी बढ्न सक्ने धारणा राख्दै यसबर्षको होली मनाउनकालागि आफुले बृद्धबृद्धाहरुको साथ रोजेको बताउनुभयो । बृद्धबृद्धाहरुलाई आफ्ना छोरीछोरी छैन भनेर पिर नगर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहीले आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल र न्यानो कपडा दिनुभएको थियो ।



Milan Shrestha । १७ फाल्गुन २०७४, बिहीबार ११:२७ बजे