खगेन्द्र अटल
कोही कसैलाई लगाइएको छैन बन्देज पढिदिए पुग्छ
म हुँ दुःखले बनेको एक सिङ्गो दस्ताबेज पढिदिए पुग्छ
गरिब चिन्नलाई गरिबिको परिभाषा पढिरहनु पर्दैन
हेरिदिए पुग्छ मैले लगाएको यो कमेज पढिदिए पुग्छ
संस्कार सिक्नको लागि जरुर एकचोटि बाआमा पढौं
सर्टीफिकेट चाहिएको हो भने कलेज पढिदिए पुग्छ
जमना अनुसार गहनाको आवस्यकता छ श्रीमतीलाई
आमालाई बेलाबेलामा छोराको म्यासेज पढिदिए पुग्छ
दैलेख



Milan Shrestha । २१ फाल्गुन २०७४, सोमबार ०६:०४ बजे