बजाज द्वारा शैक्षिक सामाग्री वितरण


२१ फागुन । “मेरो गाउँ मेरो बजाज” मुल नाराका साथ शुरु भएको अभियान अन्तरगर्त बजाज मोटरसाइकल कम्पनीको सुर्खेतकालागि अधिकृत विक्रेता असिम अटो पार्टस मार्फत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित बाल मन्दिर विद्यालयमा अध्ययन गर्ने १ सय ५ जना विद्याथीहरुलाई नेपाल बाल संगठनको अनुरोधमा १/१ दर्जन कापी र पेन्सिल वितरण गरिएको असिम अटो पार्टसका प्रोप्राइटर लक्ष्मण कँडेलले बताउनुभयो ।

कँडेलका अनुसार यस भन्दा अगाडी सुर्खेतकै लाटीकोइलि र बावियाचौरमा रहेकाे ३ विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिसकिएको छ ।

कार्यक्रममा नेपाल बाल संगठन सुर्खेतका सचिव गणेशकुमार कार्कीले प्रदेशमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुसंग गरिएको आग्रह र समन्वयले यस वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिद गर्न नपरेको बताउनुभयो ।