आज बसेको मन्त्री परिषद बैठकले अब पुराना डिजेल तथा पेट्रोल सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न बाटो खुल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्ता सवारी रूपान्तरणका क्रममा देखिएका कानुनी जटिलता हटाउने निर्णय गर्दै सम्बद्ध निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार यो निर्णय वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत घटाउने दीर्घकालीन रणनीतिसँग जोडिएको छ । यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को खपत बढाउन मद्दत गर्नेछ ।’
अब पुराना गाडीलाई कवाडीमा परिणत गर्नुको सट्टा तुलनात्मक रूपमा कम खर्चमा विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिनेछ, जसले सवारीधनीलाई आर्थिक रूपमा पनि राहत दिने अपेक्षा गरिएको छ ।



Prawash Kumar Shakya । २२ चैत्र २०८२, आईतवार १४:५६ बजे