
२२ चैत्र, गुल्मी । कपडा फेन्सी व्यवसायी समितीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरि प्रसाद पाण्डेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन भएको हो ।
त्यस्तै नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मोम्मत सागिर मियां, उपाध्यक्षहरूमा हरि प्रसाद ज्ञवाली र जानुका भट्टराई, महासचिवमा जावुल मियां, सचिवहरूमा दिपक रेग्मी र केशव प्रसाद मरासिनी, कोषाध्यक्षमा रामकृष्ण पौडेल तथा सह–कोषाध्यक्षमा इन्द्र बहादुर बुढा मगर चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा तुलसीराम पाण्डे, लतिप मियां, साविर मियां, थानेश्वर आचार्य, सलिमा खातुन, खुसदिन मियां, गिरीराज भण्डारी, मोहन नेपाली, रमेश परियार, हजिम मियां, विष्णु प्रसाद पाण्डे र अन्जुम मियां चयन हुनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद गैह्रेले व्यवसायीहरूबीच एकता, सहकार्य र पारदर्शितामार्फत व्यवसायलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय स्तरमा व्यवसाय विस्तारसँगै गुणस्तरीय सेवा प्रदान गर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले सम्पूर्ण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि आफू प्रतिबद्ध रहने बताउनुभयो । साथै उहाँले सबै सदस्यहरूको सहकार्यमा समितिलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



Prawash Kumar Shakya । २२ चैत्र २०८२, आईतवार १६:०७ बजे