घुस लिदै गर्दा सुचना अधिकारी पक्राउ।


सुर्खेत, १ असार ।

सेवाग्राहीबाट घुस लिँदै गर्दा सुर्खेतमा एक कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद आचार्यलाई पक्राउ गरेको हो। सेवाग्राहीबाट घुस लिंदै गरेको तीस हजार नगदसहित आचार्यलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका आचार्यलाई बिहीबार दिउँसो रंगेहात समातेको हो। घरजग्गा कारोबार अन्तर्गत जग्गा रोक्का र पास गर्ने काम गरिदिए बापत आचार्यले सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले घुस मागेको सूचना दिएपछि अख्तियारले छापा मारेको हो। सोहीक्रममा घुस लिंदै गरेका आचार्यलाई तीस हजार नगदसहित समातिएको अख्तियारले जानकारी दिएको छ।

अख्तियारको सुर्खेतस्थित कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले आचार्यलाई घुससहित रंगेहात समातिएको जानकारी दिनुभयो। उहाँका अनुसार नियन्त्रणमा रहेका आचार्यमाथि थप अनुसन्धान भइरहेको छ। रंगेहात पक्राउ परेका आचार्यमाथि अनुसन्धान भइरहेको र आफूहरुले थप प्रमाण संकलनको काम गरिरहेको डांगीले बताउनुभयो। प्रमाण संकलन र कागजपत्र पूरा भएपछि आचार्यविरुद्ध मुद्दा दायर गर्ने अख्तियारले जनाएको छ।

19224892_531893700535225_1126161940758685625_n