शैक्षिक संस्था र सरकारी कार्यालय अब सातामा २ दिन विदा

सरकारी कार्यालयको समय विहान ९ देखि साँझ ५ बजे सम्म


सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता व्यवस्थापन गर्न नयाँ कार्यप्रणाली अपनाउने निर्णय गरेको छ । यसअन्तर्गत अब सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिने आज बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सातामा २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । इन्धन खपत घटाउने र व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको बताइएको छ । अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन ।

नयाँ व्यवस्था लागू भएपछि सरकारी सेवा प्रवाहको समय व्यवस्थापनमा समेत परिवर्तन आउने अपेक्षा गरिएको छ । साथै, शैक्षिक संस्थाहरूले पनि आफ्नो पठनपाठन तालिका यसअनुसार मिलाउनुपर्नेछ ।