जन्मोत्सवमा रक्तदान १५३ पिन्ट रगत संकलन


२३ चैत्र, कास्की । “प्रत्येक स्वस्थ युवायुवतीहरुले आफ्नो १८औं बर्षको जन्मोत्सव संगै रक्तदानको शुभारम्भ गरौं” भन्ने नारालाई आत्म साथ गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका आजीवन सदस्य एवं पोखरा महानगरपालिका १५ नं. वडा सदस्य स्वयंसेवी रक्तदाता आशिष भण्डारीको जन्मदिनको अवसरमा कास्कीमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा १ सय ५३ पिन्ट रगत संकलन भएको थियो ।

भण्डारी जन्मदिनको शुभकामना ब्यक्त गर्दै समाजका कास्की शाखा अध्यक्ष दिपेन्द्र अधिकारीले प्रत्येक यूवाहरुले आफ्नो जन्मोसत्वमा मानवीय जीवनको सर्वोत्तम रक्तदान कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका १५ नं. वडा अध्यक्षहरु तोरण बानिया, १४का बोध बहादुर कार्की, १०का राजेश गुरुङ्ग, ९का दिपेन्द्र मर्सानी, १२का सन्तोष बस्तोला, १७ राधिका शाही योगी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका (वरिष्ठ प्रहरी उपरिक्षक) जर्नादन शर्मा,  प्रहरी निरीक्षक तेज प्रसाद कंडेल, रामबजार पोखरा महानगर पालिका सदस्य मन्दिरा परियार, भिम कुमारी पुन मगर, वडा सदस्य प्रमेश्वर कार्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार, नेपाल औषधी व्यवसायी संघ केन्द्रीय थोक सचिव गोपाल अधिकारी, नेपाल औषधी व्यवसायी संघ कास्की अध्यक्ष धिरज गौतम, नेपाल औषधी व्यवसायी संघ कास्की उपाध्यक्ष सन्तोष पराजुली, परिवर्तनका पाइला इन्भेष्टमेन्ट प्रा लि अध्यक्ष शिव भण्डारी, पोखरा महानगर पालिका वडा नम्बर१३ निवर्तमान अध्यक्ष दर्शन लामा, मनोहर युवा क्लब अध्यक्ष शैलेश बानिया, गलेश्वर युवा क्लब अध्यक्ष बलराम खत्री, श्यामा श्यामा धाम १५ अध्यक्ष नारायण बानिया, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका मन्त्री सन्तोष अधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य हिरामणी भुषालले गर्नुभएको थियो ।