“अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी–२०८२” भव्य रूपमा सम्पन्न


काठमाडौँ । नेपाल कमर्शियल आर्टिष्ट संघ संघीय समितिको आयोजनामा “अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी–२०८२” भव्य रूपमा सम्पन्न भएको छ । कला र अक्षरको समन्वय मार्फत सिर्जनशील प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उत्साहजनक सहभागिता र उल्लेखनीय प्रस्तुतिका साथ सफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रम सफल बनाउन विभिन्न संस्थाहरूले महत्वपूर्ण सहयोग गरेका थिए । पुरस्कार प्रायोजन लक्की इन्टरप्राइजेज, लक्ष्मी मिडिया, बुद्धम् ज्वैलर्सलालिगुराँस आर्ट ले गरेका थिए । त्यस्तै उपाध्यक्ष शारदा मानन्धर, कोषाध्यक्ष नवीन कार्की र सचिव केशव लामाले के.एस. रामकृष्ण चौधरी, संघका मधेश प्रदेश प्रमुख के.एस. भोला साह लगाएतको उल्लेखनीय सहयोग रहेको  संघका कावा अध्यक्ष शुभाष कुमार शाक्यले जानकारी दिनुभयो ।

कावा अध्यक्ष शाक्यले कार्यक्रम सञ्चालनका क्रममा प्रदर्शनी हल, कार्यक्रम हल तथा चिया–खाजाको व्यवस्था नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ले गरेको थियो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली तथा सदस्य सचिव देवेन्द्र ठुम्केली प्रति विशेष आभार व्यक्त गर्नुभयो ।

कार्यवाहक अध्यक्ष शाक्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सफलताको श्रेय सम्पूर्ण कलाकार र सहयोगीहरूलाई दिँदै आफ्ना तर्फबाट भएका त्रुटिहरूको जिम्मेवारी लिएको बताउनुभयो । साथै आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रम अवधिभर सहयोग गर्ने सम्पूर्ण कलाकार तथा सहभागीप्रति आयोजकले धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई विवादरहित बनाउन प्रयास गरिएको जनाएको छ । केही कमजोरी भएको हुनसक्ने स्वीकार गर्दै आगामी दिनमा अझ व्यवस्थित र भव्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।