कर्णालीमा दिए ३ मन्त्रीले राजिनामा, गण्डकीमा २ मन्त्री बर्खास्त


२२ फागुन, सुर्खेत । देशमा सत्ता समीकरणमा बदलाव आएसँगै विभिन्न प्रदेशहरुमा पनि मन्त्री बर्खास्त गर्ने एवं नयाँ गठवन्धन भन्दा बाहिरका पार्टीका मन्त्रीहरुले राजिनामा दिने क्रम शुरु भएको छ ।

यसैक्रममा कर्णाली प्रदेशमा नेपाली काँग्रेसबाट मन्त्री भएका ३ जना मन्त्रीहरुले राजिनामा दिएका छन् । राजिनामा दिने कर्णालीका मन्त्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले मार्ग प्रशस्त गर्नकालागि राजिनामा दिएको बताउनुभएको छ ।

यसैवीच गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको छ ।

गण्डकीका बर्खास्त भएका मन्त्री सुशीला सिम्खडा र मन्त्री रेशमबहादुर जुग्जाली