मौसम कुमार
फागुन २३, दैलेख ।
जिल्ला अदालत दैलेखले उमेर नपुगेको बालिकासगँ विवाह गरेको आरोपमा स्थानिय एक यूवालाई एक महिना कैद र १० हजार रुपैया जरिवाना गरेको छ । नारायण नगरपालिका ११ विन्ध्यावासिनीका हेमन्त थापालाई उक्त सजाय दिइएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो ।
नौमूले गाउँपालिका चौराठाकी १५ वर्षिय (नाम परिर्वतन) भावना रानालाई घरमा कोहि नभएको मौला पारी प्रलोभनमा पारी फकाई विवाह गरेको पुष्टि भएको हुनाले उक्त सजाय दिईएको हो । सो मुद्धाको विषयमा वालिकालाई विवाहको लागि फकाउन सहयोग गर्ने नारायण नगरपालिका ११ का गगनबहादुर थापा र शेरवहादुर थापालाई १÷१ हजार रुपैया जरिवाना गराईएको छ ।



Milan Shrestha । २३ फाल्गुन २०७४, बुधबार ०४:४६ बजे