बसले किच्दा एक महिलाको मृत्यु पछि राजमार्ग अबरुद्ध


अविरल ढकाल
फागुन २७, जुम्ला ।

जुम्लामा आइतबार विहान ६ः ४० बजे वसले किच्दा एक महिलाको मृत्य भएको छ । जुम्लाबाट काठमाण्डौं तर्फ जादै गरेको ना ५ ख ७२४३ नम्वरको बसले किच्दा तातोपानी गाँउपालिका २ की २७ वर्षीया माया सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उक्त घटना पछि कर्णाली राजमार्ग दिन भरिनै स्थानियले अव?द्ध गरेका छन् । दिन भरि नै कुनै पनि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न समेत दिएका छैनन् । घटनापछि उक्त बसलाई आक्रोसित स्थानियले ढुंगाले हानेर तोडफोड गरेका छन्, भने चालक देव बिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले कर्णाली यातायात समितिलाई ११ लाख रकम क्षतिपुर्ति नदिए सम्म मृतकको सव नबुझ्ने बताएका छन् भने मृतकको अहिले सम्म मुचुल्का हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
स्थानियले कर्णाली राजमार्गलाई दिन भरी अव?द्ध बनाए पछि हजारौँ यात्रु अलपत्र परेका छन् । सवारी साधन दुर्घटनामा पर्नुको कारण चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको स्थानियले बताएका छन् । कर्णाली राजमार्गमा सुरक्षा नीति अपनाइए संगै जुम्लामा सवारी र्दुघटना बढेका छन् ।