३ चैत्र । सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी ६ प्रदेश आईडल (कर्णाली प्रदेश) मा आज १० जना प्रतिस्पर्धी छनौट भएका छन् ।
प्रत्यक्ष भोट तथा निर्णायकको निर्णयबाट छानिएका १० जना प्रतिस्पर्धीको आजबाट एसएमएस भोटिङ्ग खुला गरिएको आयोजक सिङ्गारो म्यूजिकले जनाएको छ ।
छानिएका प्रतिस्पर्धीहरु महेन्द्र विक, विराज थापामगर, रवी ओड, सागर हमाल, खाँडजी परियार, सावित्री अधिकारी, हिक्मत शाही, खगिसरा शाही, आषिश बुढा र पेमा सन्दुक लामाबाट आगामी चैत्र १० गते उत्कृष्ट ८ छानिने सिङ्गारो म्यूजिक प्रा.लिका प्रवन्ध निर्देशक विशाल ढकाले बताउनुभयो ।



Milan Shrestha । ३ चैत्र २०७४, शनिबार १३:१३ बजे