बाजेनाती ग्रुपको तेस्रो सांगीतिक प्रस्तुति ‘धैरेनी वनमा’ सार्वजनिक


सुर्खेतमा रहेको कला सांस्कृतिक समूह बाजेनाती ग्रुपको तेस्रो सांगीतिक प्रस्तुति झ्याउरे गीत ‘धैरेनी वनमा’ सार्वजनिक भएको छ ।

गायक तथा सर्जक रेशम वलीको शब्द, संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका जमुना विश्वकर्माले पनि स्वर दिनुभएको छ ।

गीतको भिडियोकाे निर्देशन प्रेम बहादुर थापा मगरले गर्नुभएको छ भने छायांकन तथा सम्पादनको निर्मल प्याकुरेलले गर्नुभएको हो ।

बाजेनाती ग्रुपले यस अघि पनि सांगीतिक प्रस्तुति सार्वजनिक गर्दै आएकोछ भने यसपटक नेपाली मौलिक लोकसंस्कृति र झ्याउरे संगीतको पहिचानलाई उजागर गर्ने उदेश्यका साथ धैरेनी वनमा तेस्रो सांगीतिक प्रस्तुतिका रुपमा ल्याउन लागेकाे गणेश ठाडाले बताउनुभयो ।

नेपाली मौलिक लोकसंस्कृति र झ्याउरे संगीतको पहिचानलाई उजागर गर्ने उद्देश्य सहित गीत तयार गरिएको गीतलाई बाजेनाती अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ ।