पहिरोका कारण २ करोड भन्दा बढिको क्षती


राजबहादुर शाही
भाद्र १५, हुम्ला ।

हुम्लामा अविरल वर्षाको कारण गएको ५ महिनामा पहिरोले गर्दा हुम्ला जिल्लामा २ करोड बढिको क्षेती भएको छ । मानविय क्षेती नभए पनि भौतिक संरचनामा भने यति ठूलो क्षेती पुगेको हो ।

गत बैशाख महिनायता जिल्लाका विभिन्न भागमा पहिरोले ५४ स्थानमा पहिरो जाँदा २ करोड, २१ लाख, ९१ हजार, ७ सय, ४९ रुपैयाँ बरावरको जिल्लावासीले क्षेती ब्यहोरेको प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले बताएका छन् । पहिरोबाट व्यक्तिको घर विद्यालय, सरकारी संरचना, खानेपानी, सिचाई कुलो र बालीनालीमा क्षेती पुगेको डिएसपी श्रेष्ठले बताएका हुन् । यद्यपि पहिरोबाट मानविय तथा पशु चौपायाको भने कुनै क्षेती नभएको प्रनाउ श्रेष्ठले बताउनु भयो । यस वर्ष अत्याधिक वर्षा भएका कारण बालीनाली र व्यक्तिका घरहरुमा भने निक्कै ठुलो क्षेती पुगेको छ ।

त्यसै गरि कर्णाली करिडोर अन्तरगतको बाटोमा पनि ठाउ ठाउमा ठुलो क्षेती पुगेको छ । जिल्लाका सात वटै गाउँ पालिकाका मध्ये नाम्खा १ मा ३ वटा, सिमकोटको वडा नम्वर १¸२¸४¸५¸६¸ र ७ मा ३२ वटा¸ खार्पुनाथको १¸४¸ र ५ मा चार बटा¸ सर्केगाड गाउँ पालिकाको वडा नं १¸४¸५¸६ र ७ मा ११ वटा¸ चंखेलीको वडा नं ३ र ६ मा ३ वटा अदानचुलीको वडा नम्वर ५ र ६ मा ३ वटा र ताँजाकोटको वडा नम्वर ४ र ६ मा २ वटा पहिरो गएर क्षेती पुरयाएको प्रहरी प्रतिवेदनले देखाएको छ ।

यस वर्ष वर्षा धेरै भएको र त्यसबाट पाँच हजार देखि १५ लाखसम्मको क्षेती पुगेको प्रहरी प्रतिवेदनले देखाएको छ । पहिरोबाट क्षेती भएका ६० जनालाई बैशाख महिनायता १ हजार पाँच सय देखि १० हजार सम्म राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताएका छन् । यसका लागि २ लाख, ६८ हजार राहत रकम जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको र जिल्ला बन कार्यालयलाई काठ पुर्जिमा सहयोग तथा रेडक्रसलाई भाँडाकुडामा सहयोग गर्नका लागि सिफारिस पठाउने गरेको सहायक प्रजिअले बताएका छन् । त्यो सँगै गाउँपालिकालाई थप सहयोगका लागि पनि सिफारिस गर्ने गरेको उनले बताएका छन् ।