
नेपालगन्ज (बाँके) । नेपालगञ्जमा रहेको उर्दू साहित्यिक संस्था गुल्जार–ए– अदबको नियमित मासिक गजल गोष्ठी उर्दू शनिवार सम्पन्न भएको छ ।
गुल्जार–ए–अदबद्वारा आयोजित मासिक गजल गोष्ठी प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी गर्दै आईरहेको छ ।
नेपालगन्ज स्थित महेन्द्र पुस्तकालयको सभाहलमा गुल्जार–ए–अदबका सचिव मोहम्मद आरीफ अन्सारीद्वारा सञ्चालित गजल गोष्ठीमा बयोबृद्ध उर्दू साहित्यकार अब्दुल लतीफ शौकको अध्यक्षतामा सम्पन्न गजल गोष्ठीमा गुल्जार–ए–अदबका अध्यक्ष मोहम्मद मुस्तफा अहसन कुरैशी, मेराज अहमद हिमाल, उमेर अहमद सादिक, अधिवक्ता भीम बहादुर शाही, राजन रानामगर, प्राज्ञ सदस्यद्वय किरण आचार्य र खगेन्द्र गिरि कोपिला, भारत नानपाराका मौलाना हसन, खडग बहादुर बोहरा, मोहम्मद रहिस हलवाई, डा.जैनुल अविदीन, मौलाना अन्सर नेपाली, जामिन शब्बर, शब्बर हसन, शाद हुसैन, मोहम्मद ज्याउल हक, जाकिर हुसैन लगायतको उपस्थितमा “ये वह चराग है जो आँधियों पे भारी” भन्ने मिसरा–ए–तरहीमा आधारित रहेर गजल वाचन गरिएको थियो ।
सो कार्यक्रममा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्यद्वय साहित्यकार तथा शिक्षाविद् किरण आचार्य र साहित्यकार खगेन्द्र गिरि कोपिलालाई मायाको चिनो र खादा ओढाएर सम्मान गरिएको थियो ।



Prawash Kumar Shakya । १ कार्तिक २०८३, शनिबार १६:५७ बजे