
पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ।
सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना जाने क्रममा खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिको छिन्चु नजिक आइतबार दिउँसो दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार मोड्ने क्रममा अचानक पांग्रा लस्किएपछि गाडी दुर्घटनामा परेको हो ।
खड्काको छाती र खुट्टा तथा उनका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक (सई) सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ । उनीहरु दुवैको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
क्षेत्रिय अस्पतालका अनुशार, दूर्घटना भए लगतै उद्धार गरी क्षेत्रिय अस्पताल पुर्याएका खड्काको उपचार भई रहेको हाल उहां खतरा मुक्त रहनु भएको जानकारी दियो ।

साभारः सेतोपाटी ।



Milan Shrestha । ४ चैत्र २०७४, आईतवार १०:३९ बजे