रारा जस्तै सुन्दर कर्णाली रारा पर्यटन बर्ष–मन्त्री बुढा


कर्णाली प्रदेश सरकारले नयाँ बर्ष २०७५ को शुभ साइत जुराएर कर्णाली रारा पर्यटन बर्ष २०७५ को उद्घाटन गरेको छ । समृद्धिको प्रदेश बनाउने हो भने कर्णाली प्रदेशमा गुमनाम भएर कुजीएका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरी आन्तरीक तथा बाह् पर्यटकहरुको भिड लगाउन जरुरी छ । प्रदेश सरकारले थालेको यो यात्रा सँगै कर्णाली रारा पर्यटन बर्ष २०७५ को सुरुवात सँगै आगामी अपेक्षा र यसका सकारात्मक तथा नकारात्मक टिका टिप्पणिमा केन्द्रित रहेर कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सँग सम्पादक कृष्णराज धमालाले गरेको कुराकानी ।

१, कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कस्तो रहयो ?
समग्रमा राम्रो रहयो, प्रदेश सरकारले जे अपेक्षा गरेको थियो त्यो भयो । रारा जति सुन्दर छ उद्घाटन कार्यक्रम पनि त्यति नै सुन्दर भयो ।
२, के थियो त्यस्तो अपेक्षा ?
पहिलो कुरा त राराबाट कर्णाली पर्यटन वर्षको सुरुवात गर्ने र कर्णालीको समृद्धिको लागि पर्यटन उद्योग प्रथामिकताको उद्योग हो र सरकारको प्रथामिकताको क्षेत्र पनि हो भन्ने सन्देश दिने र पर्यटक आकर्षण गर्ने लक्ष्य सरकारको थियो । त्यसमा सम्माननीय प्रधानमन्त्री ज्यूले राराबाट देशवाशीको नाममा आफ्नो पहिलो सम्वोधन गर्नु भयो यसले प्रदेश सरकारले राखेको लक्ष्यको प्रचारप्रसारमा झन् मद्दत मिल्यो ।
३, प्रधानमन्त्रीले रारावाट सम्वोधन गर्दा कर्णालीलाई त्यसको के फाईदा भो ?
देशको कार्यकारी प्रमुखले देशवासीको नाममा पहिलो सम्वोधन भन्ने वित्तिकै सवैको ध्यान जान्छ नै, नेपालको बहुसंख्यक जनसंख्याले यस्तो सम्वोधन हेर्ने गर्छन् यसप्रकारको सम्वोधन कर्णाली प्रदेशवाट भयो भन्दा किन त्यहाँवाट भन्ने सन्देश जान्छ नै यसको व्यस्थापकीय जिम्वेवारी प्रदेश सरकारले लिनुले सरकारको क्षमताको कुरा पनि मासमा जान्छ । धेरै प्रदेश आन्तरीक व्यवस्थापनमा व्यस्त भएको समयमा कर्णाली सरकार भने आफ्ना प्रथमिकताको क्षेत्रको पहिचान गरि कार्यान्वयनको दिशामा हिडेको सकारात्मक सन्देश दिन सफल भयो । यसको प्रचारमा प्रधानमन्त्री ज्यू को सम्वोधनले सहयोग गर्यो ।
४, हतारमा आयोजना गरेको कार्यक्रमले खासै उपलव्धी दिन सकेन भन्ने छ नि ?
हतारको कुरै हैन, हाम्रो प्रदेश गरिविको मारमा छ । हामीले समय सँग निकै प्रतिस्पर्धा गर्नु छ । यो बेला हाम्रो गतिलाई निकै तिब्र वनाउनु पर्ने केही रिस्क लिन पनि तयार हुनु पर्ने छ । मलाई त यति समय प्रयाप्त लागेको थियो । कार्यक्रम उपलव्धी मूलक भएन भन्ने व्यक्तिले कमिसन पायन भन्ने बुझ्नु पर्छ । खाली कमिसनको पछाडि हिड्ने प्रवृतिको विरुद्ध हामी मन्त्री आफै सक्रिय भएर समितिहरुको संयोजक भै न्यूनतम खर्चमा जंगलको विचमा एक बृहत कार्यक्रम ग¥यौं । यसवाट केही फाइदाको पछि हिड्ने व्यक्तिलाई गाहे प¥यो होला आरोप लागाउनु भयो होला । तर, तिन घन्टा जंगलको वाटो हिडेर कार्यक्रम स्थलमा गरिएको व्यवस्थापन काठमाण्डौंको रंगशालामा गरेको जस्तो व्यवस्थित खोज्नु हुन्न । यदि त्यस्तो खोज्यौं भने कर्णाली नवुझेको ठहर्छ ।
५, उद्घाटन गर्न रारा नै किन रोजेको त ?
रारा सँग सौन्दर्यता छ, प्रदेशको गरिमा छ, अपनत्व छ, राराको गरीमा नै फरक छ । त्यसैले प्रदेशको पर्यटनको प्रमुख गन्तव्य हो रारा । यसको विकास र प्रर्वद्धन मार्फत कर्णालीको समृद्धिको बाटो खुल्ने आधार प्रदेश सरकारले देखेको हुँदा यहि वाट पर्यटन वर्षको सुरुवात गरेका हौं ।
६, तपाई र सरकारले अपेक्षा गरेको भन्दा वढि जनसहभागिता भयो व्यवस्थपन कसरी गर्नु भयो ?
हो सरकारले तिन चार हजार मानिस जम्मा हुने अपेक्षा गरेको थियो तर पन्ध्र हजार भन्दा वढिको सहभागिता भयो । आफ्नो जिल्लावाट देशको नाममा प्रधानमन्त्रीले सम्वोधन गर्ने भन्ने शुभ समाचारले जिल्लावासी र छिमेकी जिल्लावाट व्यापक सहभागिता भयो । आफ्नो प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक रारामा हुने र अन्य विशिष्ट व्यक्तिको आगमन हुने समाचारले छुट्टै उत्साह लिएर नागरिकहरु कार्यक्रममा सहभागि भए । मूल आयोजक समितिले नागरिकको सुरक्षा र सहजरुपमा घर फर्किने वातावरणका लागि निकै चुस्त गतिमा कार्यक्रम संचालन ग¥यो र तिन बजे औपचारीक रुपमा कार्यक्रमको समापन भयो । तत्पश्चात नागरिकहरु समयमै घर फर्किन पाए र व्यवस्थापनमा सहज भयो । यो कार्य सरकारले लिएको सहि निर्णय थियो ।
७, आधारभूत सुविधाको पहुँचवाट टाढा रहेको रारामा पर्यटकको व्यबस्थापन निकै चुनौतिपूर्ण छ ? यस्तो अवस्थामा कसरी रारालाई पर्यटकको रोजाईको गन्तव्य वनाउन सकिन्छ ?
राष्ट्रिय निकुन्ज भित्रको क्षेत्र भएको हुँदा र वातावरणिय जोखिमताका कारण रारा भित्रै सवै खालका सुविधाको व्यवस्था गर्न सकिदैन तर, आधारभुत सुबिधा जस्तो सौचालयहरु निर्माण, फोहोर व्यवस्थापन र पानीको व्यवस्था, अवलोकन गर्ने घरहरु र विश्राम कक्ष निर्माण, पर्यावरण मैत्री सुविधाहरु साइकिलिङ्ग, घोडा सवारी र वोटिङ्गको सहज प्रवन्धका लागि हामी लागि परेका छौं । पर्यटकका लागि खाना तथा आवासको लागि रारावाट आधा घन्टाको दुरीमा रहेको माझघट्ट, मुर्मा, पीना र झ्रीका सामुदायिक लज तथा होम स्टेको विकास गर्ने तयारी गरेका छौं भने ठुला लगानीकर्तालाई आकर्षित गर्न आवस्यक नीतिगत व्यवस्था गर्दै छौं ।
८, यि काम गर्न अहिलेको कर्मचारीतन्त्रले साथ दिन्छ त ?
कर्मचारी नीतिको कार्यान्यनकर्ता हो । नीति हामिले दिने हो कार्यान्वयन कर्मचारी गर्ने हो । लामो समयको संक्रमणकालिन अवस्थावाट देशले स्थायित्वको बाटो समातेको छ । हिजोको अस्थिर अवस्थामा जस्तो कानूनी अड्चन देखाएर आराम गर्ने समय अहिले होइन । सरकार प्रति जनताका अपेक्षा धेरै छन् । इमान्दार भएर काम गर्ने बेला भैसकेको छ । मैले प्रक्रिया देखाएर काम छल्न कर्मचारीलाई छुट छैन भनि निर्देशन दिईसकेको छु । अब कामको आधारमा आवश्यक कदम चाल्छु ।
९, यो कार्यक्रम सफल पार्न तपाईलाई निकै असहयोग भयो भन्ने हल्ला थियो नि ?
त्यस्तो होइन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय यो कार्यक्रमको मुख्य भूमिकामा थियो । केहि कर्मचारीको व्यवस्थापकिय अनुभवको अभावले केही अलमलमा परेको हो । नयाँ काम गर्दा अप्ठेरो महशुस हुनु स्वभाविक हो । मैले अभिभावकत्व प्रदान गरे कार्यक्रम सफल भयो । सवै अवस्था ठिक छ । केही सुधार्नु पर्ने कुरामा सुझाब दिन्छु ।
१०, त्यतिका मान्छेको भिड रारामा जम्मा हुँदा रारा फोहोर भयो होला नी ?
हामी पहिले देखि नै यो कुरामा सजग थियौं । विभिन्न स्थानमा अस्थायि सौचालय र फोहोर संकलन केन्द्र निर्माण गरेका थियौं । हल्ला न्यूनिकरण गरेका थियौं । पर्यावरणमैत्री इभेन्ट मात्र संचालन ग¥यौं । कार्यक्रम समापन भै सकेपछि मेरै नेतृत्वमा रारा ताल आसपासको क्षेत्र सरसफाई कार्यक्रम आयोजना गरि पूर्ण सफाई ग¥यौं । महत्वपुर्ण कुरा के भने रारा क्षेत्रमा यस अघि भएको फोहोर पनि यस पटक सफा भयो ।
११, तपाईहरुले निकै खर्चेर पत्रकारलाई रारा पु¥याउनु भयो तर मिडियामा खासै स्थान पाएन नी ?
मिडिया स्वतन्त्र निकाय हो । लेख्ने नलेख्ने उसको कुरा हो तर प्रदेश सरकारले मिडियालाई स्पेस दिएर कार्यक्रमा लिएको हो । भरखरै कार्यक्षेत्रमा फर्कनु भएको छ अब लेख्नु हुन्छ होला ।
१२, तपाईले मिडियाकर्मीलाई सहयोग गर्नु भएन भन्ने गुनासो छ नी ?
यो गलत हो, पर्यटन वर्षको उद्घाटनको लागि विभिन्न समितिहरm मन्त्रीको संयोजकत्वमा बने । यो कुरा मैले भनि राख्नु परेन तपाईहरmलाई थाहानै छ । मेरो जिम्वेवारीमा मिडिया मोविलाईजेसन थिएन र म मिडियाको नजिक पर्न सकिन । त्यसैले यसो भनिएको होला । अर्को कुरा मैले सके सम्म सवैलाई सहयोग गरे । यति सम्मकी ताल्चा एर्पोटमा भेटिएका केहि व्यक्तिलाई व्यक्तिगत सहयोग सम्म गरे । त्यसै क्रममा एकजनाले केही पैसा मागे मैले भने म सँग भएको सकियो । पैषा नपाउँदा उनले गुनासो गरे छन् । सवैलाई वाटोवाटोमा पैषा दिन सकिदैन । त्यति सस्तो पैषा कसै सँग हुँदैन । पैषा नपाएको भरमा सहयोग भएन भन्नुलाई मैले स्विकार्दिन । फेरि मिडिया मोविलाईजेसनको जिम्वेवारी मेरोमा थिएन पनि । म त के भन्छु भने तपाई जस्ता मिडियाकर्मीले मिडियामा भएका यि मगन्ते नियतलाई निरुत्साहित गर्नु पर्छ ।
१३, पत्रकारलाई वोलाउने अलपत्र पार्ने यो राम्रो भएन नी ?
मैले भनेनी, सके जति सहयोग र सहजिकरण गर्ने हो । यसमा पनि कार्यविभाजन थियो । मैले सवै क्षेत्रमा ध्यान दिन सक्ने अवस्था थिएन । मिडिया परिचालन र प्रचार प्रसार मेरो समितिमा पर्दैनथ्यौ र मलाई यस विषयमा जानकारी थिएन । व्यक्तिगत रुपमा गर्ने सहयोग केहिलाई गरे तर बाँकी मिडियाकाकर्मीहरु सुर्खेत र काठमाण्डौंवाट हिड्दा कसको अभिभावकत्वमा हिड्नु भएको थियो उहाँको समन्वयमा रहनु पथ्र्यो । एकाएक किन म सँग असन्तुष्टि ? मैले कुरा बुझिन । तपाई आफै भन्नुहोस् व्यवसायिक मान्छेले यो गर्न सक्दैन त्यसवाट बरु असन्तुष्टि व्यक्त गर्ने व्यक्तिको अपरिपक्ता प्रष्ट हुन्छ ।
१४, रारामा होटलवालाले बह्मलुट गरे भन्ने कुरा आयो के भन्नु हुन्छ ?
यस वारेमा हामी समिक्षा गर्दैछौ । सत्य तथ्य सार्वजनिक गरौंला । अहिले नै यस बिषयमा बोल्दा उचित नहोला ।
१५, कर्णाली प्रदेश अरु प्रदेश भन्दा निकै गतिमा अगाडि वढेको छ भन्ने व्यापक चर्चा छ वढि गतिमा हिड्दा कतै दुर्घटना त हुँदैन ?
एउटा नियम छ नि हाई रिस्क हाई प्रोफिट । हामी व्यक्तिगत रmपमा वढि जोखिम मोलेर अहोरात्र लागि परेका छौं । यहि स्पिडमा कर्मचारीहरु परिचालन गर्न खोज्दै छौं । किनकी विकासको तिव्र इच्छामा रहेका नागरिकको प्यास मेटाउनु छ । प्रदेश सरकारलाई लामो समयसम्म प्रकृयाको नाममा ढिलासुस्ती गर्ने छुट छदैछैन । कुशलतापूर्वक रचनात्मक काम गर्नु अहिलेको प्रमुख अभिभारा हो । प्रदेश सरकार यसमा एक पछि अर्को सफलता हाँसिल गरि रहेको छ । जनताको अपार र अटुट माया र समृद्धिको वाटोमा व्यापक सहभागिता हुने देखिन्छ । त्यसैले तपाइले भनेको जस्तो दुर्घटनाको कल्पना पनि गर्न सकिदैन ।
१६, तपाईले नेपालमै सवै भन्दा वढि मत अन्तरले विपक्षिलाई पराजित गर्नु भयो ? अर्थात ८२ प्रतिशत मत तपाइले प्राप्त गर्नु भयो मतदाता भेट्न कहिले जानुहुन्छ ? कि सम्बन्धको बाँध टुट्यो ?
मैले मेरा मतादातालाई प्रत्येक दिन काम मार्फत भेटि रहेको छु । उहाँहरुको मायाले आज यो स्थानमा छु र उहाँहरुको उर्जाले काम गर्ने शक्ति मिलिरहेको छ । नयाँ संरचनाको रुपमा स्थापित प्रदेश सरकारको मन्त्रीको भूमिकामा छु । मन्त्रालयलाई गतिशिल बनाउन विभिन्न विधेयक, कार्यविधि र व्यवस्थापनमा व्यस्त छु । यसलाई चलायमान बनाएर मलाई अपार माया र अमूल्य मत प्रदान गर्ने मतदाताको माझमा पुग्ने छु । सम्बन्ध टुट्ने होइन कहिल्यै नचुडिने गरी बलियो बनाउने प्रयास मेरो जारी छ ।