वीरेन्द्रनगरको दोस्रो नगरसभा तथा विधेयक अधिबेशन सुरु


 

सुर्खेत, ७ चैत ।
वीरेन्द्रनगर नगरपालिकाको दोस्रो नगर सभा तथा विधेयक अधिबेशन आजदेखि सुरु भएको छ । नयाँ ऐन नियम, कानुन, निर्देशिका तयार गर्न सुरु भएको अधिवेशनमा आज पाँच वटा विधेयकहरु प्रस्ताव गरिएको छ ।

विधेयक सभामा नगरपालिका उपप्रमुख मोहनमाया ढकालले प्रशासकिय कार्यविधि सम्बन्धि विधेयक २०७४, शिक्षा सम्बन्धि विधेयक २०७४, सहकारी सम्बन्धि विधेयक २०७४, कृषि व्यवसायक पर्वरधन सम्बन्धि विधेयक, न्यायिक समिति कार्यविधि सम्बन्धि विधेयक २०७४ प्रस्ताव सभा पेश  गर्नुभएको थियो । विधेयक पारित भएमा स्थानीय तहमा काम गर्न सहज हुने उपप्रमुख ढकालले बताउनु भयो ।

वीरेन्द्रनगरमा शिक्षा, स्वास्थ्य, सहकारी, कृषिलगायत सम्पुर्ण क्षेत्रको विकास गर्न कसरी अघि बढ्ने भनेर सभाबाट बनाएका ऐनहरुलाई आधार बनाएर अघि बढ्ने भएकाले विधेयकहरुमा गहन रुपमा छलफल गर्न नगर सदस्यहरुलाई अनुरोध गर्दछु’ उहाँले भन्नुभयो, ‘नगर सभाबाट विधेयक पारित भए पछि हामीले परिकल्पना गरिएको स्वस्थ र समुन्नत विरेन्द्रनगरका रुपमा अघि बढाउन सजिलो हुन्छ ।’ उहाँले स्थानीय सरकार दश महिनासम्म आइपुग्दा कतिपय अवस्थामा ऐन नियम पास गर्दै अगाडी जानुपर्ने बाध्यत्मक अवस्था कारण सोचे जति काम गर्न ढिलाई भएको भए पनि स्थानीय सरकार आफले प्राप्त गरेको जिम्मेवारी पुरा गर्न दृढ रहेको उहाँले बताउनु भयो ।

नगरप्रमुख देवकुमार सुवेदीले नगरको विकासका लागि गहनता पुर्वक विधेयकहरुमा धारणामा सिंगो नगरको प्रतिनित्व लिने बताउनु भयो । उहाँले प्रस्ताव गरिएका विधेयकहरु केही भएमा शंसोधनका लागि आग्रह गर्नुभयो । जनप्रतिनिधिहरु निर्वाचित भएको १० महिना पुग्दा देशले नयाँ नेतृत्व प्राप्त गरिसकेको छ । त्यसको एउटा आधार स्थानीय सरकार भएकाले संविधानमा प्राप्त अधिकार व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने दायित्व गहनताका साथ लिएको महसुस गरेका छौँ’उहाँले भन्नुभयो, ‘यसका लागि हामी सबै लाग्न जरुरी छ ।’

प्रदेश सभा बैठकले कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगर तोकिएकोमा नगरपालिकाको तर्फाट सभामा धन्यावाद ज्ञापन गरिएको थियो । सभाामा बोल्दै नगर सदस्य टोपबहादुर राष्टकोटीले वीरेन्द्रनगरलाई भौतिक, आर्थिक रुपमा सम्पन्न गर्नका लागि आफुले चुनावका बेलामा जनताका माझमा गरेका अठोटहरु पुरा गर्न सबै सदस्यहरु लाग्नुपर्ने बताउनु भयो । नगरसभामा हालसम्म गरेका गतिविधिहरुको बारेमा समिक्षा, आगामी वर्षा लागि निति कार्यक्रम र बजेका विषयमा पनि छलफल गरिने छ । विधेयकहरुमा केही शंसोधनका लागि नगरसभा सदस्यहरुलाई चैत ९ गते साढे ९ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय दिइएको छ ।
नगर सभा तथा विधेयक अधिवेशन पर्सी ९ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नगर प्रमुख सुवेदीले जानकारी दिनु भयो ।