वैशाख ११, २०७३- हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनियन्त्रित उच्च रक्तचाप र मुटुको अनुगमनको लागि वीरअस्पतालको आइसीयुमा भर्ना गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा असहयोग गरेको भन्दै शुक्रबार पक्राउ गरेको दिक्षित शनिबार दिउँसो अस्पतालको इमरजेन्सीमा आएका थिए ।
वीर अस्पतालको निर्देशक स्वयमप्रकाश पण्डितका अनुसार दिक्षित अस्पतालको इमरजेन्सीमा आएपछि मेडिसिन विभागले स्वास्थ्य परीक्षण गरेको छ ।
दीक्षित प्रा.डा मनेन गोर्खालीको युनिटमा भर्ना भएका छन् । उनलाई अनियन्त्रित उच्च रक्तचाप र मुटुको अनुगमनको लागि आइसीयुमा भर्ना गरिएको पण्डितले बताए ।
प्रहरी स्रोतका अनुसार दीक्षितलाई भेट्न उनकी श्रीमती शान्ता दीक्षितबाहेक अरु कसैलाई दिइएको छैन ।
साभार : कान्तिपूर अनलाइन
साभार : कान्तिपूर अनलाइन



Milan Shrestha । ११ बैशाख २०७३, शनिबार १०:५६ बजे