चैत्र १०, सुर्खेत ।
२०७१ सालदेखि उपचारको अभावले घरमा थलिदै आएकी वीरेन्द्रनगर–११ झुप्रा खोलाकी अञ्जली बादीलाई उपचारको लागि सहयोग मिलेको छ । वइङ्स फाउन्डेसको आर्थिक सहयोगमा अञ्जलीको मुटुको उपचार हुने भएको छ ।
सरकारले मुटु रोगको उपचार निःशुल्क गर्ने भएपनि अन्य खर्चसमेत व्यहोर्न सक्ने अवस्था सम्म आफू सँग नभएकोउहाँका बुवा घनस्याम बादीले बताउनुभयो । उहाँले नौं बर्षकी अञ्जलीलाई आर्थिक अभावका कारण उपचार गर्न नसकिएको दुखेसो ब्यक्त गर्नुभयो ।
फाउन्डेसनका क्रियाशिल सदस्य कल्पना बस्नेत र प्रतिमा गौतमले सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा थालेको अभियानबाट ५३ हजार रुपैयाँ संकलन गरि उनको उपचारमा खर्च गर्ने भएकाछन् । फाउन्डेसनका प्रमुख एवम् नेपाल वाल पोलिक्लिनिकका सञ्चालक डा. नवराज केसीले बालिकाको उपचारका लागि सहयोग संकलनको अभियान थालीएको जानकारी दिनुभयो ।



Milan Shrestha । १० चैत्र २०७४, शनिबार १३:३६ बजे