
४ असार, सुर्खेत । चीन-भारतको सिमा क्षेत्र लद्दाखमा भएको झडप पछि यतिवेला भारतीय सेनालाई हाइअलर्टमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन् ।
भारतीय सेनाको एकसूत्रको जानकारीको आधारमा प्रतिरोध कम गर्न को लागी भारत र चीन बीच मेजर जनरल स्तरको वार्ता बताइएको छ । तर दुबै देशहरूको बीचमा कुराकानीको भने अहिले सम्म नतिजा आएको भने छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनैपनि हालतमा आफ्नो देशको भूमीको रक्षा गर्न सेनालाई निर्देशन दिनुभएको छ । भारतलाई उक्साहट गरेकोमा चीनलाई निर्णायक जवाफ पनि दिने प्रधानमन्त्री मोदीले बताउनुभएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेकाछन् ।
सिमामा बहादुरीका साथी मातृभूमिको रक्षा गर्ने हाम्रो बहादुर सेनाको पूरा बलिदान सधैँ याद रहन्छ । यस्मा राष्ट्र ऋणी रहनेछ । म लडाइमा शहादत प्राप्त गर्ने सैनिक प्रति श्रद्धाञ्जलि प्रधानमन्त्री मोदीले दिनुभएको भारतीय सञ्चारमाध्यम जागरणदैनिक डटकमले लेखेको छ ।



Prawash Kumar Shakya । ४ असार २०७७, बिहीबार ११:५९ बजे