सुर्खेत, चैत १२ ।
सुर्खेतमा इट्टा निकाल्ने क्रममा एक जना भारतिय नागरिकको ज्यान गएको छ । आज बिहान साढे ७ बजे वीरेन्द्रनगर ९ स्थित सुर्य इट्टा भट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा पहिलो पर्खाल भत्किदा पुरिएर ज्यान गएको हो भने दुई जना घाइते भएका छन् ।
भारतको उत्तर प्रदेश जिल्ला बहराइज मटेरा कगर गाउँका ४२ बर्षिय सुकइलाल तेली शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । मृतकका छोरा बहराइज मटेरा कगर गाउँकै २१ बर्षिय बल्लु शाह र ३० बर्षिय मोहमद आयमद घाइते भएका छन् । घाइते दुबैजनको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था समान्य रहेको छ भने उनीहरु मजदुरीका लागि सुर्खेत आएका थिए ।
डिएसपी श्यामसिह चौधरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान भइरहेको र लास पोष्टमार्टम गरेर घर पठाउन बाँकी छ ।



Milan Shrestha । १२ चैत्र २०७४, सोमबार ०५:३२ बजे