बौद्ध ग्रामिणको कर्जा व्यवस्थापन तालिम सम्पन्न


०४ जेष्ठ, सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. केन्द्रिय कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा संचालित कर्जा व्यवस्थापन तालिम आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

संस्थाका विभिन्न शाखा तथा उपशाखामा कार्यरत १९ जना फिल्ड कर्मचारीहरुको को सहभागीता रहेको तालिममा कर्जा वितरण, विश्लेषण र व्यवस्थापनका विषयमा रही कर्मचारीहरुको कार्यक्षमतालाई थप उर्जाशिल र सिर्जानात्मक गराउनका लागी ३ दिने कर्जा व्यवस्थापन तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सी मुख्य प्रशिक्षक रहनु भएको तालिममा संस्थाका सचिव तथा कार्यक्रम संयोजक पासाङ महत्तरा, शाखा कार्यालय लाटीकोइलीका प्रबन्धक अशोक चौधरी, सहकारी कार्यालय लाटीकोइलीका प्रबन्धक सरोज विष्ट र आन्तरिक लेखा परिक्षक रामु सुवेदीले प्रशिक्षण दिनु भएको थियो भने कर्मचारीहरुमा सकारात्मक सोच, नेतृत्व विकास र समय व्यवस्थापनका बारेमा गेहेन्द्रप्रसाद दाहालले प्रशिक्षण दिनु भएको थियो ।

संस्थाले प्रत्येक कर्मचारीहरुलाई कुशल र सफल बनाउनका लागी आवश्यक तालिमहरुको आयोजनालाई निरन्तरता दिने संस्थाका सचिव तथा कार्यक्रम संयोजक पासाङ महत्तराले बताउनु भयो ।

तालिमलाई समापन गर्दे संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापत्ति पंच सिह रोकायाले हरेक कामलाई आफनो काम सम्झी इमान्दारीताका साथ काम गर्ने बानी बसाल्नु पर्नेमा सहभागीहरुलाई आग्रह गर्दे कर्जा लगानीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागी कर्मचारी र सदस्य दुवैमा इमान्दारीता हुनु पर्ने बताउनु भयो ।