सपना घिमिरे
मेरो प्रेमी खेलाडी छ चित्त दुख्छ
सबै भन्दा पछाडि छ चित्त दुख्छ
जलस्रोतमा दोस्रो धनी हाम्रो देश
लोडसेडिङमा अगाडि छ चित्त दुख्छ
छिट्टै बन्छ देश बाले भन्नू हुन्थ्यो
नेपाल सरकार गफाडी छ चित्त दुख्छ
यता खेत वारि बाझो छन् उता
नेपाली श्रम खाडी छ चित्त दुख्छ
हिजो हाम्रो पहिचान नेपाली थियो
आज मधेसी पहाडी छ चित्त दुख्छ
दर्बुङ गोरखा



Milan Shrestha । १३ चैत्र २०७४, मंगलवार ०७:१४ बजे