लुटिन्छ इज्जत


                                                  सुरेन्द्र संज्याल ‘जीवन्त’

लुटिन्छ इज्जत, चोरिन्छ औकात खुसुक्क राती
कहाँ, कति, कस्ले, गर्छ कुजात खुसुक्क राती

ओछ्यानमै गरौंला फेरी पनि तिमि र म
कसैले सुन्दै सुन्दैन बिबाद खुसुक्क राती

गरे सम्भव कहाँ हुन्छ र एक्लाएक्लै
महान् कामको सुरुवात खुसुक्क राती

उसैको गरिन्छ सब्भन्दा बढि प्रशंसा यहाँ
जसले मिलाउँछ कागजात खुसुक्क राती
कालीकोट