सोचाई परिबर्तन बिना समृद्धि असम्भव–मुख्यमन्त्री शाही


चैत १५, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोचाइमा परीबर्तन नआए सम्म विकास सम्भव नहुनेमा जोड दिनुभएको छ । सडकमा झाडु लगाउनुको साँटो मानिसहरुको दिमागमा झाडु लगाउनु आजको आबस्यकता भएको समेत औंल्याउनु भयो ।

कर्णाली प्रदेशको राजधानि सुर्खेतको बुलबुले उद्यानका लागि आयोजित सरसफाई कार्यक्रममा बोल्लै मुख्यमन्त्री शाहीले भाषणको साँटो ब्यबहारमा काम गर्नु पर्नेमा जोड दिदै कर्तब्यनिष्ट भएर लाज नमानी निरन्तर काम गर्नुपर्ने बताउनु भयो ।

गलत बुझाई र गलत सोँच्ने दिमागले विकास र समृद्धि असम्भव भएको भन्दै मानसिकता सफा गर्नुपर्ने मुख्यमन्त्री शाहीले सुझाव राख्नुभयो ।

अरुका कुरा काट्ने र अल्छी गर्नेहरुलाई घृणीत गर्नुपर्ने भन्दै मुख्यमन्त्री शाहीले कामगरी खानेहरुलाई हेला गर्नुको साँटो सम्मान गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

प्रदेश सरकारले श्रमप्रति सम्मान जागृत गर्न हरेक महिनाको १ र १५ गते जनतासँगै सार्वजनिक काम गर्ने भनि गरेको निर्णय अनुसार बुलबुले तालको पर्खाल निर्माणसँगै सरसफाई गरीएको हो ।