सुरक्षाकर्मीलाई खाजापानी वितरण


१८ चैत्र, सुर्खेत । विश्वव्यापी रुपमा फेलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथामकालागि लकडाउनको समयमा खटिएका सुरक्षाकर्मीको अवस्थामालाई ध्यानमा राख्दै खाजा वितरण गरिएको छ ।

वीरेन्द्रनगर सुर्खेतका यूवा व्यावसायी जनक सिंह ठकूरीले दिनरात नभनी लकडाउनका अवस्थामा खटिएका सुरक्षाकर्मीहरुको अवस्थालाई मनन गरेर आजको दिनमा वीरेन्द्रनगरमा खटिएका १ सय जना सुरक्षाकर्मीहरुकालागि खाजा पानी र गल्प्स हस्तान्तरण गरिएको बताउनुभयो ।

हिजो मेरो होटल अगाडी २ जना सुरक्षाकर्मी पानीको प्यासमा डुबेको देखेपछि आफूलाई सुरक्षाकर्मीहरुको सेवा गर्ने भावना जागेको हो । व्यावसायी सिंहले भन्नुभयो ।