गौरीकला हत्यामा संलग्नलाई कानूनी कार्बाही गर्नु पर्ने जोडदार माग


चैत्र १६, सुर्खेत ।

कर्णाली प्रदेशको पहिलो अधिवेसनको छैटौं बैठकमा सांसदहरुले हालै एसइइ परीक्षार्थी गौरीकला रोकाय हत्याको बिरोध गर्दै कानूनि कार्बाहिको माग गरेकाछन् ।

नेपाल प्रहरीको संलग्नताले थप गम्भिर बनाएको भन्दै नागरिकको जीउ धनको सुरक्षाका लागि बिशेष ब्यबस्थाको पनि माग गरीएको छ ।
बैठकमा बोल्दै सांसद बिन्दमान बिष्टले गौरीकला हत्याका दोषिलाई कानूनि कार्बाहीको माग गर्नुभयो । उहाँले सुरक्षा प्रत्याभूतिको लागि बृहत योजना बनाइनु पर्ने भन्दै कुनै बहानामा दोषि उम्काउने गन्ध नआओस् भन्नुभयो ।

बैठकमा बोल्दै माननिय गुलाबजंग शाहले रारा पर्यटन बर्ष २०७५ काबारेमा औपचारीक रुपमा प्रदेश सभा सांसदलाई जानकारी नभएको, सञ्चालनमा आर्थिक मितब्ययिता र पारदर्शीता गराउनुपर्ने, सल्यानका आगलागी पीडितलाई राहतको ब्यबस्था गर्नुपर्ने, कर्णाली प्रदेशलाई राष्टिय करीडोरमा जोड्नु पर्ने, कोहपुर, सुर्खेत, हिल्सा राजमार्ग निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।