
२२ असोज, काठमाडौं । तीन दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले सर्वोच्च अदालतको भूमिकामाथि प्रश्न उठाएका छन् ।
विवादित छविका गोपाल खड्कालाई आयल निगमको कार्यकारी निर्देशकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिए लगतै डा. केसीले विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुलाई जवाफदेही बनाउन नागरिकले सक्रिय कदम चाल्ने बेल भएको बताएका छन् ।
उनले भनेका छन्, ‘न्यायालयको गरिमा जोगाउन तथा त्यसलाई भ्रष्टहरुको अखडा बन्नबाट रोक्न सत्याग्रहसहित जस्ता सुकै कदम चाल्न तयार छु ।’
सर्वोच्चको आदेशतर्फ संकेत गर्दै डा. केसीले अनलाइनखबरसँग भने, ‘यो लुटतन्त्रको पराकाष्टा हो ।’
उनले खड्कासहित भ्रष्टाचार गर्ने पदाधिकारी र उनका संरक्षकहरुमाथि छानविन गरेर कारबाही गर्न माग गरेका छन् । साथै हालै भएको शिक्षा ऐनको संशोधन खारेज गर्न पनि माग गरेका छन् ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । २२ आश्विन २०७४, आईतवार १५:२९ बजे