
मिलन श्रेष्ठ
सुर्खेत, २४ चैत ।
नेवाः देय्ः दबू जिल्ला कार्य समिती सुर्खेतले एक कार्यक्रमका बिच सहयोग वापत संकलित रकम हस्तान्तरण गरेको छ ।
यहि चैत १३ गतेका दिन ७१ बर्षको उमेरमा कालगतीका कारण मृत्यु भएका वीरेन्द्रनगर–१०,निवासी स्वर्गिय सर्वबहादुर श्रेष्ठकी पत्नी गंगादेवी श्रेष्ठ र छोरा टोपबहादुर श्रेष्ठलाई मृतकै घरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
जिल्लामा कुनै पनि नेवार समुदायका व्यक्तिहरुको मृत्य भए पश्चात ११औं दिनका दिन मृतको शुद्धपानी अर्पण गर्न स्थानमा प्रत्येक घर परिवारले जनही २०० सयका दरले रकम संकलन गर्ने र उक्त संकलित रकम मृतको घरमै गएर हस्तान्तरण गर्ने कार्य अन्तर्गत आज मृतक सर्वबहादुर श्रेष्ठको नाममा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै, नेवाः देय्ः दबू जिल्ला कार्य समिती सुर्खेतका अध्यक्ष तीला शाक्य श्रेष्ठले जिल्ला भरी छरिएर रहेका नेवार समुदायका व्यक्तिहरुलाई संगठित गर्ने र जागिरका शिलशिलामा होस् या व्यापार–व्यवसाय गर्ने उद्देश्यले होस् , जिल्ला बाहिरबाट आई बस्ने नेवार समुदाय भित्र पर्दा केहि सहयोग होस् भन्ने मुख्य उद्देश्यले यो कार्यक्रम अगाडि बढाएको कुरामा जोड दिईन्, सहयोग आफैमा ठुलो कुरा हो, संकलित रकम धेरै थोरै भन्नु भन्दा पनि जिल्लामा वसोवास गर्दे आईरहेका समुदाय भित्र एक आपसमा भाईचार बृद्धि होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको शुरु गरेको बताइनृ्, श्रेष्ठले यसरी संकलन गरको सहयोग रकम मृतको घरमै गएर हस्तान्तरण गर्दा संगठन प्रति लगाव बढ्ने र सम्पन्न परिवार भन्दा पनि बिपन्न परिवारलाई बढी सहयोग हुने बताईन् ।

नेवाः देय्ः दबू जिल्ला कार्य समिती सुर्खेतका सचिव बालकृष्ण श्रेष्ठका अनुशार हाल सम्म सुर्खेत जिल्लामा विभिन्न कारण मृत्यू हुने ५ घर परिवारका आफन्तलाई सहयोग स्वरुप संकिलत रकम हस्तान्तरण गरि सकेको र कतिका घर परिवारले मृतका नाममा उक्त रकममाथी थप रकम थपेर संस्थालाई फिर्ता गर्ने गरेका छन् जस अन्तर्गत स्वर्गिय सर्वबहादुर श्रेष्ठका परिवारले पनि सहयोग स्वरुप हस्तान्तरण गरिएको पैसा विपन्न परिवारलाई सहयोग होस् भनि संस्थालाई फिर्ता दिएका छन् र कार्य समितीले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।



Milan Shrestha । २४ चैत्र २०७४, शनिबार १३:२३ बजे