२४ मंसीर, सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहरकारी संस्था वीरेन्द्रनगर सुर्खेतले आज आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्ता ध्रुवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष पूर्ण बहादुर नेपालीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सहकारीले कुल कारोबार ३७ करोड भन्दा बढी रहेको जनाएको छ । हालसम्म ३७ करोड ५७ लाख २३ हजार ४५१ रुपैयाँ बराबरको कारोबार गरेको हो । चालु आर्थिक वर्षमा ४६ करोड ४४ लाख ५० पाँच हजार ९२ रुपैयाँको कारोबार गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।
सहकारीमा २ हजार ३ सय ४३ जना शेयर सदस्य रहेका छन् । सहकारीको ६ करोड बढी शेयर पूँजी रहेको छ । संस्थाका कोषाध्यक्ष सुरेसबहादुर गौतमले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको ६ करोड ७४ लाख ६५ हजार छ सय रुपैयाँ शेयर पुँजी रहेको जानकारी दिँदै आर्थिक वर्ष २०७७÷७८ को तुलनामा बढी रहेको बताउनुभयो ।
त्यस्तै सचिव मिलन श्रेष्ठका अनुसार उक्त आर्थिक वर्षमा ६ करोड ५७ लाख ५३ हजार १ सय रुपैयाँ थियो । यस आर्थिक वर्षमा १७ लाख १९ हजार आठ सय शेयर पूँजी थप भएको बताउनुभयो ।
संस्थाको अध्यक्ष पूर्ण बहादुर नेपालीले सहकारीको मूल्य र मान्यता अनुरुप सही दिशामा संचालन गर्न, सहकारीको सेवालाई आधुनिकरण र विस्तार गरिनुका साथै शेयर सदस्यहरुलाई उचित मुनाफा प्रदान गरिने बताउनुभयो ।
यस्तै सहकारीले कार्यक्रमको अवसर पारेर शेयर सदस्यहरुकालािग कर्णाली केयर इन्टरनेशनल अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता अनुसार सहकारीका शेयर सदस्यले उक्त अस्पतालमा उपचार गराउँदा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउने संस्थाका सचिव मिलन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा आज सहकारी आफ्ना २२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ भने कर्णाली प्रदेश मै ७६ पटक रक्तदान गर्ने आफ्ना शेयर सदस्य प्रवाश कुमार शाक्यलाई पनि सम्मान गरेको छ ।



Prawash Kumar Shakya । २४ मंसिर २०७९, शनिबार १८:०६ बजे