पदाधिकारीको कान खोल्न वाँसुरी र शंख फुक्दै अखिल क्रान्तिकारी


1

सुर्खेत, २४ जेठ ।
पूर्व सहमति कार्यान्वयन गर्न माग गदै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चरणवद्ध आन्दोलन थालेको छ । पूर्व सहमति कार्यान्वयनमा विश्वविद्यालय उदासिन भएको भन्दै क्रान्तिकरीले आइतवारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रिले अनसर थालेको छ ।
जेठ २४ देखि २६ गतेसम्म रिलेका साथै वाँसुरी र शंख बजाउने कार्यक्रम रहेको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य केशवहादुर शाहीले वताउनु भयो । उहाँले विश्वविद्यालयले आफनो संगठनसगँ गरेको पूर्वसहमति कार्यान्वयनतर्फ चासो कुनै नदेखाएकोले आन्दोलन गर्न वाध्य भएको उल्लेख गर्नुभयो । विश्वविद्यालयका पदाधिकारीले माग पुरा गछै भन्दै पटक पटक आश्वासन दिएपनि कार्यान्वयन नगरेकोले आन्दोलन गर्नु परेको शाहीले बताउनु भयो ।
यता विश्वविद्यालयले भने पत्र मार्फत आन्दोलन स्थागित गर्न क्रान्तिकारीलाई आग्रह गरेको छ ।
यस्ता छन माग
१० प्रतिशत वुद्धि भएको शुल्क निसर्त खारेज गर्नुपर्ने, इन्जिनेरिङ्ग संकाय तर्फको प्रथम सेमेस्टर हाल छौठौ सेमेस्टरका विद्यार्थीवाट तोकिएको भन्दा बढी लिएको ४२ हजार रुपैया शुल्क फिर्ता गर्नु पर्ने, शैक्षिक प्रशासनिकय गतिविधीलाई विश्वसिनय र पारदर्शी वनाउनु पर्ने क्रान्तिकारीको माग छ ।
यस्तै राजिष्ट्रारको कार्यकाल सकिएकोले तत्काल नयाँ राजिष्ट्रारका नियुक्तिको लागि  सिफारिस गर्नुपर्ने, सेवा आयोगलाई स्वतन्त्र, स्वायक्त र विश्वसनिय संस्थाको रुपमा स्थापित गराउदै सेवा आयोगको विज्ञापन समावेसी वनाउनु पर्ने, विश्वविद्यालयको अवैज्ञानिक कार्यविधी सच्याउनु पर्ने, भवन निर्माणमा भैइरहेको लापरवाही, ढिलासुस्ती र अनियमितताको छानमिन गर्नुपर्ने माग क्रान्तिकारीले अघि सादै आएको छ ।

साभारः राराखबर अनलाइन