काठमाडौं,२९ चैत । नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ७ जनालाई आज रिहा गरे लगत्तै पुनः प्रहरीले गिरफ्तार गरेको भन्दै संघर्षको कार्यक्रमहरु घोषणा गरेको हो ।
नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गरेर गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । कार्यक्रमहरुमा विहीबार (आज) देखि वैशाख २ गतेसम्म प्रचारप्रसार, जनसंघर्ष, ३ गते मसाल जुलुस र ४ गते पूर्वी कमाण्ड बन्दको घोषणा गरेका छन् । सगरमाथा, जनकपुर, कोशी र मेची बैशाख ४ गते गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

साभारः अखबार दैनिक अनलाइन



Milan Shrestha । २९ चैत्र २०७४, बिहीबार १२:१३ बजे