घरटहरा हटाएर सडक फराकिलो बनाउदै पञ्चपुरी नगरपालिका


४ बैशाख । समुदायको बिकास गर्ने लक्ष्य अनुसार सुर्खेत पञ्चपुरी नगरपालिकाले बिकासकाे कामलाई तिब्रता दिएकाे छ । ११ वटा वडा कार्यालय रहेकाे नगरपालिकाले पछिल्लो समय सडकलाई प्रमुख प्राथमिकता का साथ काम गरिरहेकाे छ ।

नगरपालिकाले सडकका लागि बिनियाेजित रकमले मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा ३० मिटर र भित्री सडक १० मिटर फराकिलो बनाउदै अाएकाे छ ।

हामिले सडककाे मापदण्ड ताेकेर साेही अनुसार उपभोक्ता समितिलाई काम गराएकाे नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताउनुभयो । बस्तिलाई ब्यवस्थापन गर्नका लागि सडक देखि टाढा घर बनाउन अाग्रह समेत गरेकाे जानकारी दिनुभयाे ।

नगरपालिकाले सडक, खानेपानी, सिचाई, कृषि क्षेत्र लाई बिशेष प्राथमिकतामा राखेकाे समेत बताउनुभयो । बाबियाचाैर बजार क्षेत्रलाई नगरले तत्काल का लागि २० मिटर फराकिलो बनाएकाे छ । नगरपालिका ले बजार क्षेत्र काे सडक निर्माणका लागि १० लाख बजेट बिनियाेजन समेत गरेकाे हाे ।

सडक निर्माणकाे जिम्मा पाएकाे बजार ब्यवस्थापन समिति बाबियाचाैरले सडक छेउमा रहेका घुम्ती, टहरा तथा घर समेत हटाएकाे छ । पहिलाे चरणमा १८ मिटरको सडक निर्माण गरेकाछाैं पछि बजार ब्यवस्थापन गरेर ३० मिटरसम्म बाटाे बनाउने निर्माण समिति का काेषाध्यक्ष चन्द्रा खनाल ले बताउनुभयो । साथै उहाँले सडक निर्माण गर्न थुप्रै चुनाैति अाए पनि सबैसँग सहकार्य गरेर काम गरेको बताउनुभएको छ ।

समितिले ले अब घर निर्माण गर्दा ३० मिटर बाहिर बनाउन समेत सुझाव दिएकाे छ । अहिले बजार क्षेत्रमा सडककाे नाला निर्माण र ग्राबेल गर्ने काम भैरहेको समिति का अध्यक्ष पारस बिष्टले जानकारी दिनुभएको छ ।