रातभर यौन प्यास मेटेपछि युवतीको हत्या


प्रहरीको अनुसन्धानपछि रुपन्देही ओमसतिया गाउपालिका वडा नं ६ बस्ने बर्ष १८ को प्रेम सागर केवटलाई बैशाख ५ गते नियन्त्रणमा लिएको हो । केवटले प्रहरीसंगको बयानमा ती युवतीसंग ३—४ बर्ष पहिलेदेखि नै चिनजान भई प्रेम सम्बन्ध रहेको बताएका छन ।केवटले बैशाख ३ गतेको रात ती युवतीसंग नै बिताएको र यौन प्यास मेटेर बिहानपख उसैको कपालले नै घाटि कसेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याललाल ज्ञवालीले बताउनु भयो ।

केवट रुपन्देही ओमसतिया गांउपालिका वडा नं ६, शिबलवाहाका १८ बर्षिय युवक हुन् । उनले ज्याला मजदुरी नै गर्ने गर्दथे । बैसाख ३ गते रातको ९ बजे घरबाट बेपत्ता बनेकी ती युवतीलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निकै खोजबिन गरेको थियो । स्थानीयले खोज्दै जांदा बैसाख ४ गते बिहान ८ बजे ओमसतिया गाउपालिका वडा नं ६ स्थित खाली खेतमा ती युवतीलाइ मृत अबस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय धकधईलाई खबर गरेका थिए । प्रहरीले सो घटना हत्या नै भएको ठहर गर्दै गहन रुपमा अनुसन्धान गरेको थियो ।यसै बिच किशोरी सुरक्षा कमजोर भएको भन्दै रुपन्देहीका किशोर किशोरीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् समाचारपत्रमा खबर छ ।

सुरक्षा अभावमा आफ्नै टोल छिमेकमा किशोरीको हत्या हुन थालेको भन्दै उनीहरुले सुरक्षाको समेत माग गरे । संवाद किशोर किशोरी संजाल रुपन्देहीले बिहीबार जिल्ला प्रशाशन कार्यालयमा ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन । उनीहरुले मंगलबार ओमसतिया ६ नरेनापुरमा आफ्नै साथीको बलत्कार गरी हत्या भएको घटनामा संलग्नलाई कडा बारबाही गर्न आग्रह गरे । बाल अधिकार खोस्ने वा हत्या र हिंसा गर्नेमाथि कारबाही गरिए यस्ता घटना दोहोरिन नपाउने उनीहरुको तर्क छ । सञ्जालकी संयोजक शान्ति विकले पछिल्ला घटनाका कारण किशोरीहरु त्रसित भएकाले किशोरीमाथिको हिंसा र हत्या बन्द गर्न विशेष अभियान चाल्न आग्रह गरेको बताउनु भयो । ताजा खबर बाट