कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तालाई सम्मान


मिलन श्रेष्ठ
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तालाई आज (शुक्रवार) वीेरेन्द्रनगरमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वीेरेन्द्रनगर–०६ सुर्खेत र सुर्खेत होराईजन ऐकेडेमीको संयुक्त रुपमा आयोजित कार्यक्रममा सहकारी एवंम् ऐकेडेमिका सल्लाहकार बिधाभूषण मानन्धरलाई सम्मान गरिएको थियो ।

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार बस्नेतको सभापत्तिव एवंम् सहकारीका संरक्षक धु्रवकुमार श्रेष्ठको बिशेष आथित्यमा सम्पन्न सम्मानित कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष एवंम् होराईजन ऐकेडेमिका संस्थापक अध्यक्ष पूर्णबहादुर नेपाली, सहकारी संस्थाका कोषाध्यक्ष सुरेशबहादुर गौतम एवंम् होराईजन ऐकेडेमिका प्राचार्य श्याम थापा लगाएतको उपस्थित रहेको थियो ।
गत चैत्र २८ गतेका दिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसबाट नियुक्त हुनभएको मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले सोहि दिन प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष सुर्खेतका मुख्यन्यायधिस हरि पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा नवनियुक्त मुख्यन्याधिवक्ता मानन्धरले राज्यले प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार जिम्मेवारी आफ्नो काँधमा दिएकोले अब आफुले प्रदेश सरकारलाई आइपर्ने कानुनी र संवैधानिक जटिलताहरुलाई सहजिकरण गर्ने बताउनुभयो