कर्णालीका पहिलो कोरोना संक्रमितलाई उपचारकालागि सुर्खेत ल्याइयो


९ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट कर्णालीमा पहिलो संक्रमित आठविस नगरपालिका दैलेखका ३५ बर्षिय पुरुषलाई उपचारकालागि कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष कक्षमा ल्याइएको छ ।

आज शुक्रबार साँझ ल्याएर उहाँलाई विषेश अस्पतालको आइशोलेसनमा राखिएको प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिनुभयो । संक्रमित पुरुषलाई दैलेख सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको थियो ।