प्रदेश सरकार बैठक सम्पन्न, के के गर्यो निर्णय


बैसाख १७, सुर्खेत ।

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद वैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारको वैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी सम्पन्न बैठकले कर्णाली प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।