बौद्ध द्वारा राहत रकम हस्तान्तरण


२६ चैत्र, सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि ले पंञ्चपुरी -६,बाबियाचौरमा राहत रकम हस्तान्तरण गरेको छ ।

पंञ्चपुरी -६, बाबियाचौर निवासी संस्थाका सदस्य स्वः दिपा सार्किका श्रीमान दाने सार्किलाई राहत रकम स्वरुप रु १,००,०००।- हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

सदस्यको सामुहिक हितलाई ध्यानमा राखी संचालन गरेको सदस्य सुरक्षा कोष अन्तरगत आवद्ध सदस्यको मृत्यु पश्चात सदस्यको घरपरिवारलाई सहयोग स्वरुप राहत रकम हस्तान्तरण गरिएको संस्थाका बरिष्ठ प्रवन्धक विशाल केसीले बताउनुभयो ।

सदस्य सुरक्षा कोषमा आवद्ध हुनका लागी  संस्थाको सदस्यता प्राप्त जो कोहीले पनि वार्षिक रु. २०० जम्मा गरेको १ बर्ष भित्रमा सदस्यको कालगती वा दुर्घटनाले मृत्यु भएको खण्डमा संस्थाले सदस्यको घरपरिवारलाई यो सुविधा दिने गरेको वरिष्ठ प्रवन्धक केसीले जानकारी दिनुभयो ।

राहत रकम हस्तान्तण कार्यक्रममा संस्थाका अध्यक्ष पंञ्च सिं रोकाया, पंञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा, उप मेयर मुक्ति रेग्मी, पंञ्चपुरी-६ का वडा अध्यक्ष श्री खडक बहादुर थापा लगायतका सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे मेयर थापाले बौद्ध ग्रामिणले सुरु गरेको यो योजना निकै रचनात्मक रहेको भन्दै सदस्यको मृत्यु पश्चात सदस्यको घरपरिवार प्रति देखाएको इमान्दारीता निकै प्रंशसनीय रहेको बताउनु भयो ।

त्यस्तै संस्थाका अध्यक्ष पंञ्च सिं रोकायले बौद्ध ग्रामिणले सदस्य प्रगती हुनु भनेकै संस्थाको प्रभावकारीता रहेको बुझनु पर्ने बताउदै आज वितरण गरीएको राहत रकम सदस्यको घरपरिवारलाई सदुपयोग गर्न पनि आग्रह गर्नु भएको हो ।