उपभोक्ता बाट घुस खादै कर्मचारी


अविरल ढकाल
वैशाख, २७, जुम्ला । स्थानिय तहमा लागु गरिएका योजनामा कर्मचारीले उपभोक्ता समिति मार्फत रुपैया माग्ने गरेको पाईएको छ । विभिन्न योजनाको निरिक्षण गरेको, योजना गाउँलेलाई पारिएको भन्दै उपभोक्तासंग सरकारी कर्मचारीले रुपैया माग्ने गरेको खुलासा भएको छ ।

जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ६ र ७ मा लागु गरिएको योजनाको विषयमा जानकारी गराउन आयोजना गरिएको र्सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो रहयस्य खुलेको हो । उपभोक्ता समितिका अध्यक्ष स्वयमले कर्मचारीहरुलाई रुपैया दिने गरेको बताएका छन् ।

यो पातारासी गाउँपालिका वडा नम्बर ६ मा रहेको उर्थ ग्रामिण सडक मर्मत समिति मार्फत सडक निर्माण गर्दा सव ओभरसियरले रकम लिएको पाइएको हो ।

उपभोक्तत समितिका अध्यक्ष पन्नबहादुर विष्टले समिति मार्फत सडक निर्माण गर्दा समितिले गाउँपालिकाका सव ओभरसियर मानबहादुर विष्टलाइ २० हजार रुपैयाको चेक काटेर दिएको सार्वजनिक सुनुवाईको क्रममा बताएका छन् । उक्त सडक निर्माणको कुल लागत रकम ५ लाख रहेको र पछि गाउँपालिकाले एक लाख रुपैया थप्दा ६ लाख ४ हजार भएकोमा २० हजार सव ओभरसियरले घुस लिएको बताइएको छ ।

सडक योजना तीन पटक इष्टमेट गरियो, पछि उपभोक्ता समिति मार्फत विष्टलाई २० हजार रुपैया दियौ । उपभोक्ता समितिका अध्यक्ष विष्टका अनुसार सडक योजना पुसमा सकिएको र सव ओभरसियर मानबहादुर विष्टलाई उपभोक्ता समिति र गाउँलेको सहमतिमा २०७४ चैतको मसान्तमा उपभोक्ता समितिको चेक मार्फत रकम दिएको अध्यक्ष विष्टले बताएका छन् ।

गाउँपालिका कै कर्मचारीको यस्तो क्रियाकलाप भएको भन्ने कुरा आफुले पहिलो पटक थाहा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले बताए । सव ओभरसियर अहिले जिल्ला बाहिर रहेको भन्दै जुम्ला फर्किए लगत्तै यर्थात बुझी कारवाही गर्ने बुढाले बताएका छन् ।

सव ओभरसियर अहिले कार्यालयको कामको शिलसिलामा सुर्खेतमा गएको र यस विषयमा गाँउपालिकाले विष्ट संग टेलिफोन गर्दा उपभोक्ता समिति मार्फत आफुले २० हजार रुपैया लिएको स्विकार गरेका छन् ।