
१८ असोज, सुर्खेत । प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल यतिवेला आन्दोलनमय भएको छ ।
प्रदेश ५ को सरकारले धेरै लामो प्रयास पछि दाङ्गको भालुभाङ्गमा राजधानी बनाउने प्रस्ताव पेश गरे संगै यतिवेला बुटवलमा आन्दोलनले उग्ररुप लिइरहेको हो ।
बुटवलका विभिन्न ठाँउमा यतिखेर आन्दोलनहरु भैरहेको छ । टायरबालेर आन्दोलन गरिरहेकाहरुले स्कूटरमा सवार सरकारी कर्मचारी चढेको स्कूटर जलाएकाछन् । आन्दोलन यतिवेला विषेश गरेर काँग्रेसका कार्यकर्ताहरु देखिएकाछन् । आन्दोलनकारीले आज नै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाढीमा ढुङ्गा प्रहार समेत गरेकाछन् ।
काठमाडौंबाट भैरहवा विमानस्थलबाट बुटवल तर्फ आइरहनुभएका मुख्यमन्त्री पोखरेल सवार गाडीमा आन्दोलनकारीले ढुङ्गा प्रहार गरेकाहुन् । ढुंगा प्रहारबाट मुख्यमन्त्री पोखरेल चढेको गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति पुगेको बताइएको छ ।
यसैवीच प्रदेश ५ को राजधानीलाई लिएर यतिवेला नेकपामा पनि मतभेद देखिएको छ ।



Prawash Kumar Shakya । १८ आश्विन २०७७, आईतवार २१:५२ बजे