ठेकेदार र उपभोक्ता मोटाउने प्रथा अन्त्य हुने सांसद शाही


बैसाख ३०, कालीकोट ।

कर्णाली प्रदेशका सांसद कुर्मराज शाहीले विकासको बजेट र योजनाबाट ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारी मात्र मोटाउने प्रथाको अब अन्त्य गरिने धारणा राख्नु भएको छ ।

कालीकोट प्रदेशसभा क्षेत्र १ बाट बिजयी सांसद शाहीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विकासे योजनाहरुको स्थिति अध्ययन सहित आगामी योजना छनौट गर्ने क्रममा महावै गाउँपालिकाले पालिकाको केन्द्र पादमघाटमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सो धारणा राख्नु भएको हो ।

अबको बजेट र विकासे योजना आम जनता मोटाउन पाउने प्रकारका बनाइने दाबी गर्दै सांसद शाहीले आगामी बजेटमा कालीकोटका शुभकालिका र महावै गाउँपालिकालाई सडक सञ्जालको पहुँचमा पुगाउन बेलीब्रिज बनिरहेको पान्तडीदेखि भ्याकुने हुँदै पादमघाट सडकखण्ड सञ्चालनमा बजेट व्यवस्थाको पहल गर्ने प्रतिबद्धता समेत गर्नुभयो । महाबु पादमघाट रोडलाइ रारा हुँदै नाक्चे, शेरी पान्तडी, बेहुली, पान्तडी हुँदै रारा नाक्चे खण्ड विशेष प्राथमिकतामा रहेको पनि उहाँले सो अबसरमा दाबी गर्नुभयो । सांसद शाहीले गाउँ तथा नगरपालिका र प्रदेश तथा केन्द्र सरकार मार्फत अलग अलग योजना सञ्चालन हुनु पर्नेमा पनि जोड दिनुभएको छ ।