
अप्सरा बिष्ट
कालिकोट २६ माघ
कालिकोट जिल्लामा पछिलो समय निजि बन व्यबसाय फस्टाउदै गएको छ । बन विनाश भैरहेको बेला यसरी निजि बन व्यबसाय फस्टाउनु एक उदहरणीय कार्य भएको छ । यस्तो उदाहरणीय कार्य देखेर कतीपयले निजि बनको माग समेत गर्न थालेका छन् ।
यस्ता निजि बन धनिहरुलाई बन कार्यालयले निशुल्क बोटबिरुवा बितरण गर्ने गरेको जिल्ला बन कार्यालयका निमित्त सहायक बन अधिकृत शिबनारायण मण्डलले जानकारी दिएका थिए । निजि बनधनि हरुलाई निशुल्क बोटबिरुवा बितरण,र तालीम हरु प्रदान गर्नेगरेका कारणले पनि निजिबन ब्यबसायीको संख्यामा बृद्धी भएको मण्डलले बताए ।
हाल सम्म कालीकोटमा ८ जनाले निजि बन ब्यबसाय सन्चालन गरिरहेको, र ३ जनाले निजि बनको माग समेत गरेको मण्डलले जानकारी दिए ।
हाल जिल्ला बन कार्यालय बाट निजि बन धनिहरुलाई बकाइनो, खोटेसल्लो, मसला, र उत्तीस जस्ता बोटबिरुवा बितरण गर्दै आईरहेको छ ।
कालिकोटको मुख्य समस्या भनेको आगलागी र बन डढेलो भएको त्यसै पनी यहाँका बासीन्दाको बन जलेपछी नयाँ घाँस पलाउने सोच भएको हुनाले पनी बनमा आगजनी हुने गरेको मण्डलले बताए । यसको समाधानका लागी समय समयमा जनचेतना मुलक गोष्ठी सन्चालन गरिरहेको पनी उनले भने ।
निजि बन ब्यबसाय गर्दा अनावश्यक बन फडाँनी रोकीने र जथाभाबि बनहरुमा आगलागी नहुने खाँडाचक्र नगरपालिका वडा नं ६ पिलीमा निजिबन ब्याबसाय गर्दै आएका तिलबहादुर मल्ल बताए । निजि बन ब्यबसाय गर्नुको मुख्य कारण घाँस दाउरा गर्न सजिलो हुने, बनजङगल र वाताबरण संरक्षण हुने भएको उनले भने ।



Prawash Kumar Shakya । २६ माघ २०७४, शुक्रबार १५:१९ बजे