२ बैशाख । सुर्खेतबाट हुम्ला जाँदै गर्दा आज विहान भएको मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय महेन्द्रवहादुर शाहीज्यूले दुख व्यक्त गर्नुभएको छ । माननीय मुख्यमन्त्रीज्यूले मृतकद्वय चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
माननीय मुख्यमन्त्रीज्यूले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटनाहरु बढ्दै गएकोप्रति गम्भीर चिन्ता गर्नुभएको छ । कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्वन्धित निकायहरुस“ग आवश्यक समन्वय गरी दुर्घटना न्युनिकरणको पहल गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ ।



Milan Shrestha । २ जेष्ठ २०७५, बुधबार ०५:५९ बजे