
७ साउन । सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको वडा नं. ९ लाई वातावरण मैत्री हरित बनाउने कार्यक्रम अन्तरगत आज वडा नं ९ को मुख्य बाटो मंगलगढी व्यारेकको २ नम्बर गेटबाट बाटो लाटीकोइली पुल सम्म दुबै तर्फ अशोक र धुपीको विरुवा रोपिएको छ ।
वडा अध्यक्ष सुरेश मानन्धरले अशोकको विरुवा रोपी शुरु गर्नुभएको कार्यक्रममा वडा नं ९ का मंगलगढी मिलन, पिपलडाँडा र बौद्ध टोल विकास संस्थाका सदस्यहरुको उपस्थित रहेको थियो ।



Prawash Kumar Shakya । ७ श्रावण २०७४, शनिबार ०६:२३ बजे