बाबियाचाैरमा फ्रि वाईफाई सेवा सुरु


फोटोः गुगलबाट

१८ जेठ, सुर्खेत । बजार क्षेत्रका चिया पसलमा चिया पिउदै गरेका ग्राहकहरु शुक्रबार माेवाईल चलाउदै थिए । काेहि फेसबुकमा, काेहि अनलाइन समचार पढ्दै थिए त काेहि ईमेल इन्टरनेट चलाउदै थिए । चाेक चाेकमा स्थानीय नागरिक हरु खुसी देखिन्थे । यसकाे कारण हाे नि:शुल्क ईन्टरनेट सेवा संचालन ।

बिहिवार साझदेखि पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा नि:शुल्क वाईफाई सेवा सुचारू गरिएको छ । बाबियाचाैर बजार लगायत अासपासका क्षेत्रमा याे सेवा दिन थालिएको छ । अार्थिक बर्ष २०७४/०७५ काे बजेट बाट बाबियाचाैर बजार क्षेत्रलाई फ्रि वाईफाइ जाेन बनाउने याेजना अघि सारिएको हाे । ईन्टरनेट जडानकाे जिम्मा लिएको वल्डलिङ्क कम्युनिकेशन सुर्खेत ले ५ अाेटा अाउट डाेर डिभाईस जडानकाे काम सुरु गरेको छ ।

डिभाईस जडान बाट करिव ५ सय भन्दा बढिले एकैसाथ सेवा लिनसक्ने वर्ल्डलिङ्क बाबियाचाैरका यादव पाैडेल ले जानकारी दिनुभयो । ईन्टरनेट सेवा बाट नागरिक हरुले अपलाेड र डाउनलाेड बाहेक अरु सेवा लिने भएका छन । सुचनाकाे पहुच मा नागरिक हरुलाई पुर्‍याउन का लागि सेवा सुरु गरिएको ५ नम्बर वडाका अध्यक्ष हाेमबहादुर राम्जाली ले जानकारी दिनुभयो । १ लाख ५० हजारकाे बिनियाेजित बजेट बाट सेवा दिन सुरु गरिएको समेत राम्जालीले बताउनुभयो । जडानकाे जिम्मा लिएको कम्पनी लाई ६ महिना सम्म वडा कार्यालयले विल भुक्तानी गर्ने समेत सम्झाैता गरिसकिएकाे छ । नेट जडान बाट नागरिक हरुले कार्यालयका लागि पठाउनुपर्ने कागजातहरु अाफुले सहजै गर्न सक्ने भएका छन । सेवा कस्ताे लाग्याे ? भन्ने प्रश्नको जवाफमा पञ्चपुरी नगरपालिका ६ का तुलसी खनाल ले अाफु खुसी भएको बताउनुभएको छ । साथै उहाले नेट जडान गरेको पसलमा गएर सुबिधा लिन गाह्राे हुने गरेको, सजिलोसँग नेट काे पासवर्ड नदिने जस्ता समस्या अब अाफुले भाेग्न नपर्ने समेत बताउनुभयो । यता पञ्चपुरी नगरपालिका का सुचना अधिकारी रत्नप्रसाद सुवेदी ले ईन्टरनेट सेवालाई सहि रुपमा सदुपयोग गर्नसके यसकाे प्रभावकारीता बढ्ने बताउनुभयो ।

परिक्षण काे रुपमा सुरुवात गरिएको याे सेवा प्रभावकारी भएमा नगरकाे अन्य बजार बिद्यापुर, सालकाेट, तातापानी र छाप्रेका केहि क्षेत्र मा विस्तार गरिने पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्रबहादुर थापाले ले बताउनुभयाे । साथै उहाले सेवालाई प्रभावकारी बनाउन दिर्घकालिन याेजना बनाउने समेत जानकारी दिनुभयो । पछिल्लो समय प्रबिधि काे दुनियाँमा पश्चिम सुर्खेत अगाडि बढेको पाईन्छ । पञ्चपुरी नगरपालिका फ्रि वाइफाई बनाउने सुर्खेत काे पहिलाे नगरपालिका हाे ।

बुलबुलेखबरअनलाइनबाट