लोक गायन प्रतियोगिता सञ्चालन, २२ मध्ये ३ छानीने


जेठ २५, सुर्खेत ।

एकल लोक गायन प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रम सुर्खेतमा सञ्चालन भएको छ । अग्रज श्रष्टालाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने उद्येष्य सहित राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान सुर्खेतको आयोजनमा सो प्रतियोगिताको सञ्चालन गरीएको हो ।

शाखा अध्यक्ष उत्तम शर्माको अध्यक्षता, जिल्ला समन्वय समिति सुर्खेतका छबिलाल सिग्देलको प्रमूख आतिथ्यतामा भएको प्रतियोगितामा २२ जना गायक, गायिकाहरुले सहभागिता लिएकाछन् ।

राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय प्रथम उपाध्यक्ष पशुपति शर्मा, महिला सचिव राधिका हमाल, सह कोषाध्यक्ष टिका पुनको सहभागिता रहेको प्रतियोगितामा राष्टिय तथा स्थानिय कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तत् गरेकाछन् ।

अनमोल स्मृति प्रतिष्ठानको समन्वयमा सञ्चालित प्रतियोगिताको भीमबहादुर कार्की, प्रेमदेव गिरि र रामबहादुर रावलले निर्णायकको भूमिका निर्बाह गर्नुभएको छ भने सुर्खेत संगितका तिन हस्ती भीमबहादुर कार्कीले गीत गाए, प्रेमदेव गिरीले मादल बजाए भने कूलमान नेपालीले नृत्य गरेर दर्शकहरुलाई थप मनोरञ्जन समेत दिए ।

आगामी असार १४ र १५ गते हुने राष्टिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नका लागि सुर्खेतबाट २२ जना मध्ये तिन जनालाई छनौट गर्नका लागि यो प्रतियोगिताको आयोजना गरीएको शाखा सुर्खेतको महासचिव खडक चन्दले जानकारी दिनुभएको छ ।

राष्टिय तथा स्थानिय कलाकारहरुले दोहोरी गीत गाउने पनि कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।